सिन्धुलीको हैवारमा १० दिनदेखि पहिरो

http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_20.html
चीना थापा,
सिन्धुली,कात्तिक ४ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको बासेश्वर गाविसको हैवारमा १० दिनदेखि गएको पहिरो नहटाएका कारण यात्रुले सास्ती पाएका छन् । सडकमाथिबाट खसेको पहिरो झण्डै ४० मिटर सडक ढाकेको छ । १० दिनदेखि सडक अवरुद्ध हुने गरी खसेको पहिरो नहटाएका कारण दशैमा घर पुग्ने यात्रुले सास्ती पाएका छन् ।
अहिले मध्यपहाडी लोकमार्ग आयोजनाले पहिरो पन्छाउने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । आयोजनाले एक दुई दिन भित्र अवरुद्ध सडक खुल्ने बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !