तत्काल पदबाट राजीनामा दिन श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

http://sindhulidarpan.blogspot.com/2012/10/news_20.html
काठमाण्डौ,कात्तिक ४ ।
म्यानपावर दर्ताका लागि घुस मागेको आरोप लागेका श्रममन्त्री कुमार बेलबासेलाई प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजीनामा दिन निर्देशन दिनु भएको छ । घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री भट्टराई नैतिक हिसावले सरकारमा रहिरहन नसक्ने भन्दै पदबाट राजीनामा दिन दिर्नेशन दिनु भएको हो । मन्त्री बेलवासेलाई टेलिफोन गरि प्रधानमन्त्रीले तत्काल राजीनामा दिन निर्देशन दिनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले आफै पदबाट राजीनामा नदिए हटाउन बाध्य हुने पनि बताउनुभएको छ । उहाँले मालेका महासचिव सिपी मैनालीलाई पनि सम्पर्क गरि फिर्ता बोलाउन आग्रह गर्नु भएको छ । बेलबासेले नयाँ म्यानपावर दर्ताका लागि गएकाहरुसँग पार्टी कार्यालयको निर्माणका लागि भन्दै मोटो रकम लिने योजना भएको खुलासा भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !