जुवा खेलाउने पैसा उठाएकोमा प्रहरीसंग बिवाद



सन्तोष  पोखरेल, 
महोत्तरी,कात्तिक ४ । 
महोत्तरीको जलेश्वर बर्दिवास सडक खण्डस्थित सोनामाई र रामगोपालपुरमा जुवा तास खेलाउन इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज नायब निरीक्षक रामदुलार मण्डलल पैसा उठाएर पनि खेल बन्द गरेको बिरोधमा आज विहानदेखि सडक खण्ड अबरुद्ध गरिएको छ । 

सर्बसाधारण तथा जुवा तास खेल्नेहरु दशैंको बेला छुट पाउनुपर्ने भन्दै प्रहीले लिएको पैसा फिर्ता पाउनुपर्ने माग राख्दै रामगोपालपुर चोकमा चक्काजाम गरेका छन । स्थानीयले प्रहरीको बिरोधमा चोकमा रहेको प्रहरी बिट जलाएका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुशल पुरुष ढकालले सदरमुकामबाट प्रहरी निरीक्षकको टोली वार्ता तथा बाटो खुलाउनका लागि पठाइएको जानकारी दिनुभयो ।

Related

विविध 8572848069900215613

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item