काभ्रेको तिमालमा यात्रुबाहक बस दुर्घटना

http://sindhulidarpan.blogspot.com/2012/10/accident_20.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक ४ ।
दशैको यात्रु बोकेर काभ्रेको तिमाल क्षेत्रमा पर्ने ठूलोपर्सेलका लागि काठमाण्डौँबाट छुटेको अरनिको यातायात सेवा समितिको बा २ ख १६१७ नम्बरको यात्रुबहाक आज विहान सस्र्यूखर्क गाविसको वडा नम्बर १ गर्गरे बेसीँमा दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरु सामान्य उपचारपछि घर फर्किएको काभ्रेका प्रहरी प्रमूख गीता उप्रेतीले जानकारी दिनुभयो । बस सडकबाट ५ मिटर तल खेतमा खसेको र बसको स्टाफहरु फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसेको उद्धार कार्यमा संलग्न तिमाल बेसी प्रहरी चौकीका इन्चार्ज शोभा सिंह लामाले बताउनुभयो । घाइते हुनेहरुमा अधिकांश जिल्लाको कात्तिके देउराली गाविसका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !