सिन्धुलीमा कुहिरोको घुम्टो गजल सग्रह विमोचन
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_5305.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,कार्तिक ४ ।
सिन्धुलीकी गजलकार जानुका अन्जानको गजल संग्रह विमोचन तथा रचना वाचन कार्यक्रम आज सिन्धुलीमाडिमा सम्पन्न भएको छ । उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सिन्धुलीका चारवटा साहित्यिक प्रतिष्ठानका प्रमुखहरुले संयुक्त रुपमा कुहिरोको घुम्टो नामक गजल संग्रहको विमोचन गरेका हुन् ।
फाल्गुणी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष नन्दलाल श्रेष्ठ, सिन्धुली साहित्य प्रतिष्ठानका पवन पाख्रिन, गजल सरोवरका वरुण लामिछाने, साहित्यकार माधव पोख्रेल, गायक तथा संगितकार रमेश खड्का,रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरी घिमीरे, साहित्यकार प्रशिद्धा शर्मा, ह्युरेन्स सिन्धुलीका द्धारीका काफ्ले, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शारदा प्रसाद पहाडि, वरुण लामिछाने, सिता श्रेष्ठ, माधव लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले जानुका अन्जानद्धारा लिखित गजल संग्रहको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !