जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/10/accident_27.html
गोरखा,कात्तिक ११ ।
गोरखा सदमरुकामको ८ किलोमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । दुर्घटनामा घाइते भएका व्यास नगरपालिका ७ तनहुँ बस्ने ४१ वर्षका लोकेन्द्र श्रेष्ठको उपचारको क्रममा दमौलीको रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ग ४ प ८९४२ नम्बरको मोटरसाईकल र गोरखा आउँदै गरेको ग १ ज ३२९३ नम्बरको जिप नगरपालीका वडा नम्बर ११ मा एक आपसमा ठक्कर खाएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाईकलमा सवार मृतकका छोरा सुवोध श्रेष्ठ र आँबुखैरेनी ९ का १२ वर्षिय सिजन श्रेष्ठ घाईते भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !