रामेछापमा कैदीहरुबीच झडप

http://sindhulidarpan.blogspot.com/2012/10/ramechhap_27.html
सन्तोष ढुङ्गेल,
रामेछाप,कात्तिक ११ ।
दसैको विषयमा सामान्य विवाद हुँदा रामेछाम कारागारका कैदीहरुबीच झडप भएको छ । गएराती भएको झडपमा तीन जना कैदी घाइते भएका छन् । काभ्रे घर भएका हातहतियार खरखजनामा जेल परेका हिमाल पाख्रिन, डाकामुद्दामा जेल परेका सोमनाथ गोले र शेरबहादुर वाइवा रहेका छन् । पाख्रिनको रामेछाप प्राथमिक उपचार केन्दमा उपचार भइरहेको र अन्य दुईजना सामान्य उपचारपछि कारागार फर्किसकेका छन् । अहिले अवस्था सामान्य रहेको कारागारले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !