दसैंको टीका लगाउने क्रम जारी



काठमाण्डौ,कात्तिक ११ । 

दशै सकिएपछि सुनसान बनेका शहरहरुमा फेरि चहलपहल बढ्न थालेको छ । दशैमा कामका लागि शहर र विदेश गएकाहरुको आगमनले चलहपहल बढेका गाउँहरु पनि सुनसान बन्न थालेका छन् । आज बिहानसम्म मात्रै एक लाख भन्दा बढी यात्रुहरु काठमाण्डु फर्किसकेका छन् । दसैँको टिकाको तेस्रो दिन आज पनि देशभरिका हिन्दूहरुले आपूmकहाँ आउने आफन्तलाई टिका लगाएर आशिक दिँदै मनाउँदै छन् । 

दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टिका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दसैँको बिदामा घर गएकाहरु चाडबाड सकेर काममा फर्कने क्रम पनि सुरु भएको छ । दसैँको पूmलपाती अघिसम्म काठमाण्डुलगायतका सहरबाट गाउँघरतिर जानेहरुको सट्टा अहिले सहरबजार आउने मोटर गाडीहरुमा मानिसको चाप बढ्न थालेको छ ।


Related

राष्ट्रिय 6708182032821883583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item