दुर्घटना कम गराउन कार्य समिति नै अनुगमनमा




प्रकाश सुन्दास,
काभ्रे,कात्तिक १२ । 

बस व्यवसायीहरुबीचको तीब्र प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भन्दै अरनिको यातायात सेवा समितिले अरनिको राजमार्गमा अनुगमन सुरु गरेको छ । कार्यसमितिका पदाधिकारी नै खटाएर समितिले अरनिको राजमार्गको दोलालघाट, बन्देउ, खाडिचौरका साथै पुष्पलाल राजमार्गको मुडे, चरिकोट, जिरी लगायतका स्थानमा अनुगमन गरिरहेको समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो । अघिल्ला बर्षहरुको तुलनमा यो वर्ष दसैँ मनाउन घर जाने यात्रुहरुलाई निकै सुरक्षित तबरले गन्तब्य सम्म पु¥याएको समितिले राजधानी फर्कने क्रममा पनि सुरक्षित यात्रालाई निरन्तरता दिन अनुगमन थालिएको सचिव लामाले बताउनुभयो । समितिका पदाधिकारीहरुले प्रतिस्पर्धात्मक रुपमा चलेका बसहरु रोकेर  चालकलाई सम्झाउने र अर्को बस आइसकेपछि मात्रै गन्तब्यमा पठाउने गरेको बताएका छन् प्रतिस्पर्धाबाट हुन सक्ने धनजनको क्षतिलाई कम गराउन समितिले अनुगमन गरेपछि अधिकांश बसहरु छतमा यात्रु बोकेर राजधानी भित्रिरहेका छन् । समितिले राजधानी पूर्वका रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेमा यातायात सञ्चालन गर्दै आइरहेको छ ।




Related

स्थानिय 9039267862072141343

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item