तिब्बतीयन नागरिकलाई नागरिकता दिन सहयोग गर्ने पक्राउ



काभ्रे,कात्तिक १२ । 

तिब्बतीयन नागरिकलाई नेपाली नागरिकताको प्रमाण–पत्र दिन सिफारिस गर्ने सिन्धुपाल्चोकको  सिन्धुकोट गाविसको वडा नम्बर–९ का वाङदोर्जे लामालाई प्रहरीले पक्राउ गरेको छ । तिब्बतीयन नागरिक पेमा लामालाई दाजु बनेर सिफारिस गर्ने वाङदोर्जेलाई इलाका प्रहरी कार्यालय मेलम्चीले जिल्लाको भोटेचौर गाविसबाट पक्राउ गरेको हो । तिब्बतीयनलाई नागरिकता दिन सिफारिस गरेपछि लामा फरार रहदै आएका थिए । 

विशेष सुराकीको आधारमा दसै मनाएर काठमाडौ जादै गर्दा भोटेचौरबाट उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरी खनालले जानकारी दिनुभयो । सिन्धुकोट गाविस–९ स्थायी ठेगाना राखेर तिब्बतियन नागरिक पेमाले गएको भदौ २० गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी ओमकार न्यौपानेको हस्तक्षर भएको नागरिकता लिएकी थिइन् ।  

Related

विविध 3575156908653845858

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item