सवारी दुर्घटना,दुई जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/10/accident_29.html
गैडाँकोट,कात्तिक १३ ।
नवलपरासीको गैडाँकोट ९ थुम्सीमा गएराति सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ना २ ख ३७९८ नम्वरको ट्रक र ना १५ प ५९६७ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनमा परी गैडाकोट निवासी भरत राना र वेदबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !