मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइदै

http://sindhulidarpan.blogspot.com/2012/10/festival_29.html
महोत्तरी,कात्तिक १३ ।
मिथिलञ्चलमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइदै छ । एक वर्षको अवधिमा वैवाहिक बन्धनमा बांधिएका ब्राम्हण, कायस्थ, सोनारलगायतका जातिका केटा पक्षलाई केटी पक्षले फलफुल, मिष्टान, लत्ताकपडासहित पान र मखानको कोसेली अर्थात भाड दिने चलन छ । ससुरालीबाट आएको यी सामाग्रीहरुले रीतिरिवाज अनुसार केटालाई चुमाऔन गरिने छ ।
यस्तै, कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा महोत्तरी जिल्लाको दनौलीबाट पान मखान, मिष्टानलगायतको कोसेली पठाउने चलन छ । हरेक वर्ष दनौलीबाट कोजाग्रत पूर्णिमामा दनौलीबाट भार आउने गरेको छ । जानकी मन्दिरलगायतका मठ मन्दिरहरुमा कोजाग्रत पूर्णिमाको अवसरमा विशेष पूजाअर्चना गरिन्छ । साँझ जानकी मन्दिरमा भगवानलाई बाहिर राखि विशेष पूजाअर्चना गर्ने चलन छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !