दसैँ बिदामा तातोपानी भन्सारलाई २० करोड राजस्व घाटा

http://sindhulidarpan.blogspot.com/2012/10/money_7108.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक १३ ।
दसैँ अवधिभर चीनसँग नेपालको प्रमूख व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयले २० करोड राजस्व घाटा व्यहोरेको छ । फुलपातीको अघिल्लो दिन शनिबार परे लगत्तै दशै बिदा सुरु भएको र मुस्लिम समुदायको इद परेकाले कोजाग्रत पूर्णिमासम्मको १० दिनमा आयात निर्यात ब्यापार ठप्प भएपछि २० करोड राजस्व घटा व्यहोरेको भन्सार अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो । भन्सार कार्यालयमा दैनिक दुई करोड राजस्व संकलन हुदै आएको छ । पाँच हजार माथिका अधिकांश सामानको बैकिङ कागजात आवश्यक पर्ने र सीमाका सबै बैकंहरु बन्द भएकाले राजस्व संकलनमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । कात्तिक महिनामा राखिएको राजस्व संलकनको लक्ष्य पूरा गर्न कार्यालयलाई निकै गाह्रो हुने अधिकृत पौडेलले बताउनुभयो ।
भन्सार कार्यालयले कात्तिक महिनामा ३९ करोडको लक्ष्य राखेपनि अहिलेसम्म जम्मा ७ करोड रुपियाँ मात्रै राजस्व संकलन गरेको छ । यसैबीच चिनियाँ पक्षले नेपाली माल बाहक कन्टेनर भ्यान खासा प्रवेशमा दुई दिनदेखि रोक लगाएको छ । चीनमा हुन लागेको निर्वाचनलाई सुरक्षाका दृष्टिले मध्यजनर राख्दै नेपाली गाडी प्रवेशमा रोक लगाएको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ पक्षले शनिबार दुईवटा भ्यान तोडफोड गरिदिएको भन्सार अधिकृत पौडेलले जानकारी दिनुभयो । नोभेम्बर ८ अर्थात् कात्तिक २३ गतेसम्म नेपाली गाडी प्रवेशमा रोक लगाउने बताएपनि नेपाली पक्षले भने वार्तालाई निरन्तर जारी राखेको बताएका छन् । आगलगीका कारण लाखौँको क्षति भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !