मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/10/accidnet.html
नेपालगञ्ज,कात्तिक ६ ।
बर्दियामा मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हिजोराति ८ बजे बर्दियामा गुलरियादेखि नेपालगन्जतर्फ आउँदै गरेको भे ३ प ११०८ नम्बरको मोटरसाईकल र भोलागौडीबाट मैनापोखरतर्फ जाँदै गरेको भे २ प ५६९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा भे ३ प ११ ० नम्बरका चालक सोरहवा वडा नम्वर ७ बस्ने २० वर्षिय विनय केसीको नेपालगंज नर्सिङ होममा उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भे २ प ५६८९ नम्बरको मोटरसाईकलका चालक नेपालगन्ज नगरपालिका १ बस्ने ४० वर्षिय जयहरी पराजुलीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमा सवार सोरहवा ७ बस्ने मैथा चौधरी र नेपालगन्ज नगरपालिका १ बस्ने सुदिप पराजुली दुवै गम्भिर घाइते भएका छन् । उनीहरुको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !