एचआइभी सङ्क्रमितहरु सीप सिकेर आत्मनिर्भर बन्दै



पाल्पा,असोज २९ । 
स्याङ्जा जिल्लाका एचआईभी.सक्रमित तथा प्रभावितहरु पछिल्लोे समयमा आयआर्जनमा लागेर आत्मनिर्भर हुने क्रम बढेको छ  । २०६१ सालमा स्याङ्जामा स्थापना भएको सक्रिय सेवा समाजले उनीहरुलाई सीप तथा आर्य आर्जन र चेतना मूलक कार्यक्रममार्फत सहयोग गरिरहेको हो । संक्रमित तथा प्रभावितहरुले आफूलाई सिलाई कट्टाई, मुढा बुन्ने, मैन बत्ती बनाउने, ढकिया बनाउने, पशुपालन जस्ता आयमुलक काममा आफूहरुलाई सक्रिय बनाएका छन् ।  

फोटो फ्रेम, तथा कृषि तथा क्षमता विकास तालिम सन्चालन  गरेर सक्रिय समाजले ५६ जनालाई सीप सिकाएको छ । पकवादी गाविस वाड नम्वर ८ बस्ने टुका रेग्मी एचआईभी  संक्रमित भएपछि सुरुमा समाजले हेला गरेपनि अहिले आय आर्जनमा लागेपछि भने समाजले हेर्ने तरिका नै फरक भएको बताउनु हुन्छ । पकवादीकै धन माया पल्लीले ढकिया बनायर आएको आम्दानीले आफनो परिवालाई सुखसँग पालेको बताउनुभयो ।

Related

राष्ट्रिय 763539577740550188

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item