काभ्रेको सिउडेनीटारमा एक जना मृत भेटिए

http://sindhulidarpan.blogspot.com/2012/10/death_15.html
प्रकाश सुन्दास,
काभ्रे,असोज २९ ।
काभ्रेको महादेवस्थान गाविस वडा नम्बर ४ सिउडेनीटारमा आज बिहान एक जना मृत भेटिएका छन् । नयाँगाउँ गाविस वडा नम्बर–६ का पद्मप्रसाद तिमल्सिना मृत भेटिएको प्रहरी चौकी हिगुवा पार्टीका इन्चार्ज गणेश खड्काले बताउनुभयो । प्रहरीका अनुसार हिजो राति बा ६ प ५४ ६१ नम्बरको मोटरसाइलकबाट घर जाने क्रममा पोलमा ठक्कर खाएर दुर्घटना भएको र समयमै उपचार नपाउँदा तिमल्सिनाको मृत्यु भएको हो । मृतकको शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !