लुटेरा युवालाई स्थानीयबासिन्दाले प्रहरीमा बुझाए

http://sindhulidarpan.blogspot.com/2012/10/news_15.html
प्रकाश सुन्दास,
काभ्रे,असोज २९ ।
सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसका स्थानीयबासिन्दले दुई जना लुटेर युवाहरुलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् । लुटेराहरुको समूहले काठमाण्डौबाट दशै मनाउन हिजो घर जाँदै गर्नुभएका मांखा गाविस वडा नम्बर ४ का ताराप्रसाद पराजुलीलाई गाविसको सेतीदेवी प्राथमिक विद्यालय नजिकै राति साँढे ७ बजेतिर नियन्त्रणमा लिइ निरघात कुटपिट गरी नगद २१ हजार र १ थान मोबाइ सेट लुटेका थिए ।
लुटपाटमा संग्लन सोहि गाविस वडा नम्बर ६ का जीवन तामाङ र सोमबहादुर तामाङलाई प्रहरीमा बुझाइएको छ । लुटपाटपछि घरमा बसी रहेका युवाहरुलाई स्थानीयबासिन्दाले चारैतिरबाट घेराहाली राती पक्राउ गरेर लामुसाँघु स्थित प्रहरी चौकीमा बुझाएको सेतीदेवी प्राविका शिक्षक ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि युवाहरुलाई इलाका प्रहरी कार्यालय बाह्रविसे लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !