नेपाली क्रिकेट टोलीलाई सम्मान, नगर परिक्रमा

http://sindhulidarpan.blogspot.com/2012/10/cricket_15.html
काठमाण्डौ,असोज २९ ।
एसीसी एलिटकप क्रिकेटको उपाधि जित्ने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानले आज सम्मान गर्दैछ । सम्मानका साथ नगर परिक्रमा गराउने क्यानले बताएको छ । नगरपरिक्रमा सहितको अभिनन्दन केहीबेरअघि काठमाण्डुको नक्सालबाट सुरु भएको छ ।
नक्सालमा रहेको हाटेल क्राउनप्लाजा बाट सुरु भएको नगर परिक्रमा नारायणहिटी, बागबजार, पुतलिसडक, भृकुटीमण्डप हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गीनेछ । नगर परिक्रमा पछि विशेष कार्यक्रम गरेर खेलाडीलाई जनही ३० हजार रुपैयाँ पुरस्कार पनि दिइनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !