सिन्धुलीको एक विद्यालयमा तालावन्दी



सिन्धुली,असोज २९ । 

सिन्धुलीको मनकामना प्रावि जरायोटारमा अभिभावकहरुले अनिश्चितकालिन तालावन्दी गरेका छन् । विद्यालय स्थापना भएको लामो समय वितिसक्दा समेत एक पटक पनि व्यवस्थापन समितीको वैठक नवसेको भन्दै गत असोज १८ गते अभिभावकहरुको भेलाले प्रेम वहादुर भण्डारीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको थियो । तर विद्यालयका प्रधानाध्यपक, शिक्षक तथा पूर्व व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा नयाँ कार्यसमिति गैर अभिभावक भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दर्ता गरिएको थियो ।

 त्यसको विरोध गर्दै  अभिभावकहरुको भेलाले नव गठित कार्य समिति नै कायम रहनुपर्ने भन्दै विद्यालयमा अनिश्चितकालिन तालावन्दि गरेको समिति सदस्य तेज वहादुर रानाले जानकारी दिनुभयो । उनिहरुले पूर्व अध्यक्ष तथा प्रधानाध्यापकलाई आर्थिक हिनामिना गरेको आरोप समेत लगाएका छन् । 

साथै असोज ३० गतेदेखि विद्यालय वन्द गर्नुपर्नेमा दुईदिन अघि नै विद्यालय वन्द गरेको, अहिलेसम्म लेखापरिक्षण नगराएको तथा विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको लगायतका अन्य आरोपहरु समेत लगाइएको छ । यस विषयमा विद्यालय प्रधानाध्यापक विनु कुमारी खड्कासंग यथार्थ वुझ्न खोज्दा सम्पर्क हुन सकेन ।


Related

स्थानिय 9125305449190577607

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item