युवती जिक्काउँदा ज्यान गयो


झापा, असोज २८ । 
झापा जिल्लामा युवती जिस्काउने एक व्यक्तिको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । महारानीझोडा–५ बस्ने कल्पना विकले आज विाहन आफूलाई जिस्काउने ३५ वर्षीय भीमबहादुर अधिकारीको हत्या गरेकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

 महारानीझोडा–२ बस्ने अधिकारीले आज विहान ६ बजे कल्पनालाई उनकै घरमा गई जिस्काएका थिए । नजिस्काउन पटक–पटक आग्रह गर्दा पनि नमाने पछि बाध्य भएर अधिकारीलाई धारिलो हत्यार प्रहार गरेर आफ्नो अस्तित्व बचाउनु परेको जनाएकी छन् । अधिकारीले कल्पनालाई अश्लील व्यवहार समेत गरेको उनको दाबी छ ।

Related

विविध 6317315682481612697

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item