काठमाडौंमा हतियार सहित ६ पक्राउ




काठमाडौं, असोज  २८ ।

 काठमाडौंको धुम्बाराहीबाट प्रहरीले आज ६ जना युवालाई हतियार सहित पक्राउ गरेको छ । 
धुम्बाराहीस्थित स्टार फूडल्याण्ड अगाडि रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आपराधिक कार्यमा संलग्न उनीलाई हातहतियार सम्बन्ध मुद्दा चलाईने छ ।

पक्राउ पर्नेमा काभ्रे सेफीचौर–५ का २८ वर्षीय सुमन भन्ने सोनाम तामाङ, कपिलबस्तु तौलिहवा–२ का २७ वर्षीय शम्भूकुमार अधिकारी, मकवानपुर गढी–२ का ३० वर्षीय आकाश तामाङ, सिन्धुपाल्चोक ठूलोपाखर–४ का ३५ वर्षीय महावीर तामाङ, काभ्रेपलान्चोक पुरानोगाउँ–७ का २४ वर्षीय हीराबहादुर लामा र काभ्रोपलान्चोक शिखरआमबोटे–१ का २५ वर्षीय राम अर्याल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान र त्यसको गोली १ राउण्ड पनि बरामद गरेको छ ।

Related

विविध 7062277323560447472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item