मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/10/death_14.html
कैलाली, असोज २८ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर–६, बनदेवी मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई दाजुभाइको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ४३०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय दमौराका २५ वर्षीय बिष्णुराज जोशी र उनका २० वर्षीय भाइ भोजराज जोशीको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटना शनिबार राति भएको भए पनि जानकारी आज विहान मात्रै थाहा भएको ट्राफिक प्रहरी पोष्ट गुलरियाका सहायक निरीक्षक गणेश भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका दुबै दाजुभईको शव आज विहान पुल मुनी क्षतबिक्षत अवस्थामा फेला परेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !