बोक्सीको आरोपमा आफ्नै दाई र भाउजुवाट कुटपिट


गुल्मी, असोज  २८ ।
बोक्सीको आरोपमा गुल्मी जिल्लाको पराल्मी गाविसमा दाईले भाई/बुहारीलाई निर्घात कुटपिट गरेका छन् । पराल्मी–७, रातामाटाका भोजबहादुर बिश्वकर्मा र उनकी पत्नी लक्ष्मीलाई उनकै दाई र भाउजुले कुटपिट गरेका हुन् । भोजबहादुरकै दाई किसान र भाउजु शशिकलाले उनीहरुलाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भोजबहादुर र उनकी पत्नी लक्ष्मीलाई गाउँलेले बर्षौं देखि बोक्सीको आरोपमा मानसिक यातना दिँदै आएको पीडित लक्ष्मीको गुनासो छ । ‘कुटपिट गर्न गाउँले उल्टेर आए पनि जेठाजु र जेठानी दिदीले मात्रै कुटपिट गरे,’ लक्ष्मीले भनिन् । कुटपिटबाट गम्भीर घाईते भोजबहादुरको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाईएको अस्पतालले जनाएको छ ।

भोजबहादुरको टाउकोमा चोट लागेको छ । लक्ष्मीको हातमा पनि गम्भीर चोट लागेका छन् । पीडितहरुले न्याय माग गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले जानकारी दिए ।

Related

विविध 3665238840091121805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item