एम्बुलेन्स दुर्घटना एकको मृत्यु




ताप्लेजुङ,कात्तिक १० । 

पाँचथरको एकतीन गाविसबाट बिरामी लिएर सदरमुकाम फिदिम जाँदै गरेको एम्बुलेन्स आज दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । तीन जना घाईते भएका छन् । ओयाम ६ निवासी धनकुमारी सेलीङ्गलाई उपचारको लागि पाँचथर अस्पताल लैजाने क्रममा मे १ झ ९६ नम्बरको एकतीन उपस्वास्थ्य चौकी पाँचथरको एम्बुलेन्स अत्याधिक गतिको कारण मेची राजमार्गअन्तरगत भारपा भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

दुर्घटनामा बिरामी धनकुमारी सेलिङको घटनास्थलमा नै मृत्यु भएको छ भने उनका श्रीमान दिपक सेलीङ र एम्बुलेन्समा सवार भारपा ८ निवासी कमल यवा र ललिता यवा घाईते भएका छन् । घाईतेको तीनै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ भने एम्बुलेन्स चालक भिम आङ्बो फरार रहेको प्रहरीले जनाएको छ । 

Related

राष्ट्रिय 5657634626477543571

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item