मन्दिरमा दलितमाथि कुटपिट, तीन घाइते




डोटी,कात्तिक १० । 

बाजुराको मार्तडीस्थित मालिका मन्दिरमा लाग्ने दसँै मेला हेर्न गएका दलित समुदायका ३ बालिकामाथि कुटपिट भएको छ । यही ७ गते बाजुरा सदरमुकाम मार्तडी ८ का १६ वर्षीया सीता विक र १४ वर्षीया लक्ष्मी विक, बझाङ जिल्ला हेमन्तवाडा गाविस घर भई दिदीको घरमा दसैँ मनाउन आएका दिलीप उखेडामाथि मन्दिरका पूजारी र स्थानीय गैरदलित समुदायका केहीले कुटपिट भएको पीडितका आफन्तले बताएका छन् । आक्रमणमा घाइते भएका तीनै जनाको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ ।

 घाइते भएपछिको २४ घन्टाभित्र उनीहरूको होस खुलेपनि अवस्था भने चिन्ताजनक रहेको अस्पतालले बताएको छ । जिल्ला सरदरमुकामै दलित बालबालिका र दलित समुदायमाथि भएको आक्रमणप्रति जिल्लाका दलित तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले खेद व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडितहरूले स्थानीय दलित अगुवा र सङ्घसंस्थाको पहलमा आज जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद तथा कसुर र सजाय ऐन २०६८ अनुसार मन्दिरव्यवस्थापन समितिका पूजारी र आक्रमणमा संलग्न व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरेका छन् ।

Related

राष्ट्रिय 2031629426813409833

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item