ट्राफिक प्रहरीले कारबाही गर्न थाल्यो




प्रकाश सुन्दास,
 काभ्रे,कात्तिक १० । 

दसैँ मनाउन घर गएकाहरु तिहार खर्च जुटाउन काममा फर्कने क्रम बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी साधनहरुलाई कारबाही गर्न सुरु गरेको छ । कारबाही स्वरुप छतमा यात्रु लिएर राजधानी पूर्वका जिल्लाहरुबाट राजधानी भित्र्ने यात्रुबहाक बस तथा अन्य सवारी साधनलाई प्रहरीले काभ्रेको सदरमुकाम धुलिखेल र बनेपामा रोकेर यात्रु ओर्लन थालेको छ । 

छतको यात्रा जोखिम पूर्ण हुने भन्दै बस नै रोकेर चालकहरुलाई सम्झाउन समेत थालिएको काभ्रेका ट्राफिक प्रहरी प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । अरनिको राजमार्गअन्तर्गत काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगाका साथै वीपी राजमार्ग भएर सिन्धुली–बर्दिबास हुदैँ तराईका जिल्लाहरुबाट दसैँ मनाउन घर गएका मानिसहरु राजधानी भित्र्ने क्रम आजबाट निकै बढेको छ । अरनिको र वीपी राजमार्गमा अघिल्लो दिनको तुलनामा सवारी साधनको चाप निकै बढेको ट्राफिक प्रहरी प्रमूख श्रेष्ठले बताउनुभयो ।

Related

स्थानिय 8091307163199786386

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item