रामेछापमा पिङको विषयमा विवाद हुदा २ जना घाईते




रीता मगर,
रामेछाप,कात्तिक १० । 

पिङको विषयमा विवाद हुदा रामेछापको फर्पु गाविसमा एकआपसमा झडप हुदा २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा फर्पु गाविस वडा नं. ८ का अनु बहादुर बोहोरा र सोही गाविस वडा नं. ५ का सन्तोष तमाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दोषी बाबुराम तामाङ प्रहरी हिरासतमा रहेका  छन् । घाईतेहरुको खिम्ती उपस्वास्थ्य चौकीमा उपचार पछि घर फर्केका छन् । पक्राउ परेका तमाङलाई सोधपुछका लागि आज प्रहरी कार्यालयमा ल्याईएको जिल्ला प्रहरी कार्यालय रामेछापका सहायक निरीक्षक टलक भण्डारीले जानकारी दिनुभयो ।

Related

विविध 8456403588185027876

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item