अधिकृतमा फेल हुने लडाकुलाई तल्लो तह


काठमाण्डौ,असोज १८ । 

नेपाली सेनाको अधिकृतस्तरको गुणमापन परीक्षामा अनुतिर्ण भएका ४ जना लडाकु कमान्डरहरुले अधिकृतभन्दा तल्लोतहमा समायोजनको लागि अवसर पाउने भएका छन् । आज विहान बसेको माओवादी लडाकु रेखदेख, पुनस्थापना तथा समायोजन विशेष समितिको बैठकले अधिकृतस्तरको परीक्षामा अनुतिर्ण लडाकु कमान्डरहरुलाई नेपाली सेनाको अधिकृतभन्दा तल्लो तहमा समायोजनको मौका दिने निर्णय गरेको हो । विशेष समिति मातहतको सचिवालयको प्रस्ताव अनुसार उनीहरुलाई अधिकृतभन्दा मुनिका सुवेदार, जमदार लगायतका पदमा समायोजन गर्ने निर्णय विशेष समितिले गरेको हो । 

अधिकृतस्तरको गुणमापन परीक्षामा सहभागी अन्य ७१ लडाकु भने उर्तिण भएका छन् । विशेष समितिको वैठकमा सरकारले लडाकु शिविर व्यवस्थापनमा भएको खर्चको विवरण समेत पेश गरेको छ । काङ्ग्रेस र एमालेका तर्फबाट विशेष समितिमा प्रतिनिधित्व गर्ने सदस्यले लडाकु शिविरमा करोडौं रुपैँया भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेपछि सरकारले खर्चको विवरण पेश गरेको हो । विवरणका आधारमा अर्को वैठकमा भ्रष्टाचार भएनभएको बारेमा कुरा उठाइने विशेष समिति सदस्य डा मिनेन्द्र रिजालले जानकारी दिनुभयो । 

समायोजनमा जाने पूर्वलडाकुको संख्या निकै कम भएकाले यसअघि गठन गर्ने भनिएको महानिर्देशनालय भने नबन्ने देखिएको छ । वैठकपछि विशेष समितिका सदस्यहरुले महानिर्देशनालयको विषय समायोजन हुने लडाकुको सख्या निर्धारण भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् । गुणमापन परीक्षामा उर्तिण लडाकुको स्वास्थ्य परीक्षण सुरु भइसकेको छ । स्वास्थ्य परीक्षणपछि आगामी शुक्रबार उनीहरुको अन्तवार्ता हुने विशेष समिति मातहतको सचिवालयले जनाएको छ । अधिकृतभन्दा मुनिको परीक्षा उर्तीण गरेका १ हजार ३ सय पूर्व लडाकुलाई सेनाले विभिन्न सातवटा तालिम केन्द्र तोकी मंसिर ६ गते उपस्थित हुन आग्रह गरेको छ ।


Related

राष्ट्रिय 941638193479877594

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item