धनुषामा हतियारसहित दुईजना पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/10/dhanusha.html
धनुषा,असोज १८ ।
धनुषाको बटेश्वरबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट हिजो खटेको सुरक्षा टोलीले बटेश्वर–४ का बुधन महतो र हरिहरपुर–२ का शुक्रबहादुर लामालाई हतियार सहित पक्रेको हो ।
उनीहरुबाट एक थान थ्री नट्टा हतियारसमेत बरामद गरिएको प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेलले बताउनुभयो । उनीहरुमाथि हातहतियार तथा खरखजाना ऐन अनुसार कारबाही गर्ने प्रक्रिया पनि अगाडि बढाइएको कँडेलले बताउनुभयो । पक्राउ परेका दुवैजना विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !