आन्दोलनका कार्यक्रमहरु फिर्ता
http://sindhulidarpan.blogspot.com/2012/10/mahottari.html
महोत्तरी,असोज १८ ।
बिहीबारदेखि महोत्तरीको सम्पूर्ण शिक्षक फ्रन्टहरुले संयुक्त रुपमा गर्दै आएका आन्दोलनका कार्यक्रमहरु आजदेखि फिर्ता लिएका छन् । हिजो जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मधुसुदन दुर्लाकोटीको अध्यक्षतामा भएको बार्ताले शिक्षकहरुको तलब दिनुपर्ने, सडकमा रहेका शिक्षकहरुको हाजिरी गराउनुका लागि समयमा चिठ्ठी काटनुपर्ने, शिक्षक विद्यालयमा हाजिरी नभएपछि अन्त्यै सरुवा गर्नुपर्नेलगायत १० बुँदे मागप्रति सहमति जनाएपछि आजदेखि आन्दोलनको सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका छन् ।
हिजो भएको वार्तामा प्रमुख जिल्ला अधिकारी मधुसुदन दुर्लाकोटी, जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरुलगायत शिक्षक फ्रन्टका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा यस्तो निर्णय भएको मधेसी शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !