नेताहरूद्वारा एमाले परित्याग



काठमाण्डौ,असोज १८ ।

नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति तथा मधेसी नेता तथा कार्यकर्ताहरूले आज औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका छन् । अग्रगामी विचार समूहमा नामबाट गतिविधि सन्चालन गर्दै आएका उनीहरूले आज राजधानीको राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रम गरी पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने नेताहरूमा एमालेमा उपाध्यक्ष रहनुभएका अशोक राई, पोलिटब्यूरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा, अजम्बर काङमाङलगायतका हुनुहुन्छ ।

 यसैगरी रिजमान अन्सारी, गोपाल ठाकुर लगायतका मधेसी नेताहरूले पनि एमाले परित्याग गर्नुभएको छ । अधिकार प्राप्तिको आन्दोलनमा एमाले बाधक बनेको, सङ्घीयता र पहिचानको मुद्दामा एमाले आफ्नो अडान छाडेको आरोप पार्टी छाड्नेहरूको छ ।

 पार्टी छाड्ने नेताहरूले केही समयभित्रै समावेशी चरित्रको नयाँ शक्ति जन्माउने घोषणा गरेका छन् । सार्वजनिक कार्यक्रममार्फत् पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ताहरूको सङ्ख्या चारसयको हाराहारीमा रहेको बताइएको छ ।


Related

राष्ट्रिय 1342497701136108246

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item