बर्दिवासमा पाँच जना काठ तस्कर पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/10/bardibas.html
बर्दिवास,असोज १७ ।
महोत्तरीको लक्ष्मीनिया जंगलबाट गएराति पाँच जना काठ तस्कर काठसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर गाविस ३ का ४५ वर्षका ईन्दल यादव, ३० वर्षीय शत्रुधन यादव, ३५ वर्षका सुरज यादव, ४० वर्षीया रामसेवक सादा, र ३२ वर्षका रामसेवक यादव भएको प्रहरीले जनाएको छ ।
लक्ष्मिनिया जंगलमा सिरिठको काठ काटदै गरेको अवस्थामा हात्तिलेट शाखा अन्तर्गत सागरनाथ वन परियोजनाको गस्ती टोलीले उनीहरुलाई ५० क्युफिटे काठसहित दुई थान काठ काट्ने आरासमेत बरामत गरेको गस्ति टोलीका वन रक्षक पदमबहादुर लामाले जानकारी दिनुभयो । गस्ति टोलीलाई देख्ने बित्तिकै अरु काठ तस्करहरु भने फरार भएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !