बोलेरोमा भाडा वढ्यो
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_3.html
विदुर पौडेल,
सिन्धुली,असोज १७ ।
सिन्धुली,असोज १७ ।
विपी राजमार्ग हुँदै सिन्धुली–काठमाडौं चल्ने वोलेरो यातायात व्यवसायीहरुले दशैको मौका छोपी यात्रुहरुको ढाड सेक्ने गरि भाडामा वृद्धी गरेका छन् । काठमाडौं र सिन्धुलीमा रहेका साना गाडी वोलेरोको काउन्टरले दशैका लागी अग्रीम सिट रोक्न आउने यात्रुहरुलाई टिकटको मुल्य एक हजार पर्ने भन्दै टिकट विक्री गर्न थालेका छन् ।
सिन्धुलीका यातायात व्यवसायीहरुले विजया दशमीको मौका छोपी यातायातमा भाडा वृद्धि गरेका छन । सिन्धुलीवाट संचालित सानागाडी संचालक दुई वटा समितीले आफु खुसी भाडा बृद्धि गरेका छन । सिन्धुली–काठमाडौ बोलेरो जिप संचालन गर्दै आएका कमलामाई यातायात र सिन्धुलीगढी यातायात व्यवसायी संघद्धारा संचालन वोलेरो जीपहरु संचालन गरिएको छ । नेपालीहरुको महान चार्ड दशैको मुखमा सात सय बाट भाडाबृद्धि गरी एक हजार रुपैयाँ लिने गरेको यात्रुहरुले गुनासो गर्न थालेका छन् ।दशैमा यात्रुहरुलाई भाडा दर घटाएर सुविदा दिनु पर्ने ठाँउमा उल्टै ढाड सेक्ने गरी भाडा वृद्धि गर्नु सान्र्दभिक नहुने स्थानिय वुद्धकुमार अछामी वताउनुभयो । दशैको मुखमा वोलेरो भाडा वृद्धि गरे यात्रुहरुले त्यसको विरोध गर्नु पर्ने वताउँनुहुन्छ दिपकवहादुर मिश्र । सिन्धुलीगढी यातायात व्यवासायी संघका अमरेशचन्द्र वैदारले दशैको सयममा एक तर्फिमात्रै यात्रुहरु वोक्नु पर्ने भएकोेले भाडावृद्धि गर्नु परेको वताउनुभयो । वृद्धि गरिएको भाडादरलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिए पछि मात्र कार्यान्वयमा ल्याइने वैदारले वताउनुभयो । सिन्धुलीवाट काठमाडौं जाने भाडा दरमा वृद्धि नहुने तर काठमाडौंवाट सिन्धुली आउँदा साविकको भाडामा हेरफेर हुने सिन्धुलीगढी यातायात व्यवसायी संघको काउन्टरले वताएको छ ।
सिन्धुलीवाट काठमाडौ १ सय ५० किलोमिटरको दुरीमा छ । सिन्धुलीवाट काठमाडौ बस संचालन गर्ने वस व्यवसायीहरुले करिव ३ सय ७५ किलो मिटर ६ सयमा यात्रा गराइ रहेका छन् । सिन्धुलीवाट छुट्ने वस धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, मकवानपुर, चितवन, धादिङ्ग हुँदै काठमाडौं पुग्ने गर्छन । प्रमुख जिल्ला अधिकारी केशव आचार्य भने व्यवासायीले अनियमित रुपले भाडा बृद्धिको विषयमा गुनासो आउने गरेको वताउनुभयो । व्यातायात व्यवसायीहरुले वृद्ध गरेको भाडा दर औचित्य पुष्टी गर्नु पर्ने प्रजिअ आचार्यले वताउनुभयो । दशैको समयमा यातायात व्यवसायीहरुले वढाउन खोजको भाडावृद्धि दर कार्यान्वयन भए झण्डै पचास प्रतिशतल भाडामा मुल्य वढ्ने छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !