गिनिज बुकमा नाम लेख्न नेपालमा सयुक्त मोटरसाइकल यात्रा
http://sindhulidarpan.blogspot.com/2012/10/world-record.html
काठमाण्डौ,असोज १७ ।
विश्व रेकर्ड कायम गर्न केही युवाहरुले सबैभन्दा लामो समुहगत मोटरसाइकल यात्रा सुरु गरेका छन् । काठमाण्डुमा सुरु गरिएको मोटरसाइल यात्रा वाइक राइडिङमा चारजना सहभागि रहेका छन् । शान्तिको सन्देश दिन गरिएको मोटरसाइकल यात्रामा गोकर्ण लामिछाने, दिनेश आचार्य, रोशन आचार्य र समय शर्मा सहभागि छन् ।
गिनिज वल्डरेकर्डमा नाम लेखाउन सयुक्त मोटरसाइकल यात्रा सुरु गरेको उनीहरुले बताएका छन् । लगातार २८ घण्टा सम्म खुट्टा नटेकी यात्रा गर्ने उनीले बताएका छन् । काठमाण्डुबाट दाङको लमही र त्यहाँबाट फर्केर लुम्बिनीमा कार्यक्रम समापन गर्ने सहभागी गोकर्ण लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो । उनीहरुको यात्रालाई एभरेष्ट वल्डव रेकर्डका प्रतिनीधिले अनुगम गरिरहेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !