सिन्धुलीका गाविस सचिवले घुस खाएँको खुलासा



मिनकुमार दाहाल,
सिन्धुली,असोज १६ । 

सिन्धुलीका गाविस सचिवहरुले  सिफारिस बनाईदिदा स्थानीय सँग मोटो रकम लिने गरेको रहस्य खुलेको छ । पिपलमाढी गाँउ विकास समितीका स्थानीय सरोज घिसिङ्गले लिखित  रुपमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी गरेपछि यस्तो रहस्य खुलेको हो ।
पिपलमाढी गाविसका सचिव राधवप्रसाद उपाध्ययले नागरिकताका लागी सिफारिस लिन गएका घिसिङ्गसँग जन्म दर्तामा सचिवको हस्ताक्षर नभएको भन्दै त्यसको लागि ६ सय रुपैया लाग्छ भनि रकम लिएको र हाल सिफारिसको लागि रकम तिर्नु नपर्ने भन्ने थाहा पाएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उहाँले वताउनुभयो ।

आफुले सिफारिसको लागि रकम तिर्नुपर्छ भन्ने लागेर रकम तिरेपनि पछि बुझ्दामात्र रकम नलाग्ने कानुनी प्रावधान थाहापाएकाले सविच उपाध्ययले अन्य सर्वसाधरणलाई पनि आफुलाई जस्तै ठगी गर्न नसकुन पनि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको घिसिङ्गले वताउनुभयो ।  यस सम्वन्धमा गाविस सचिव उपाध्ययसँग बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएको मोवाई नम्वरमा सम्पर्क हुन सकेन । 

सचिव उपाध्याय बावुको श्रद्धा गर्न देवघाट गएको जिल्ला विकास समितीले जनाएको छ । उनी मंगलवार जिल्ला विकास समितीमा भएको सचिवहरुको वैंठकमा पनि सहभागी भएका छैनन् । प्रमुख जिल्ला अधिकारी केशव आचार्य भने  उजुरी आएको  र त्यसको बारेमा चाडै नै सत्यतथ्य पत्ता लगाई दोषि पाईएमा कारवाही गर्ने वताउनुभयो । जिल्ला प्रशासन कार्यालयले सो सम्वन्धमा जिल्ला विकास समितीलाई सत्य तथ्य पत्ता लगाई जानकारी गराउन निर्देशन दिएको छ ।


Related

स्थानिय 2378203919562787963

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item