यात्रुको चाप अनुसार सवारी साधन सञ्चालन गरिने


पोष्टराज पहाडी,
सिन्धुली,असोज १६ । 

 सिन्धुलीबाट संञ्चालन हुने यातायातका साधनलाई दशै–तिहारमा व्यवस्थित बनाइने भएको छ । विशेष गरि यस समयमा यात्रुको संख्यामा वृद्धि हुने भएकोले यसलाई मध्यनजर गर्दै जिल्लामा यातायात क्षेत्रलाई व्यवस्थित बनाइने भएको हो । 
सोमबार स्थानीय प्रशासन, यातायात व्यवसायी लगायत जिल्लाका सरोकारवाला निकायहरुको छलफलबाट दशै–तिहारको समयमा यात्रुको चाप अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको छलफलमा सहभागी नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय सदस्य एवं जनकपूर अञ्चल संयोजक चुडामणी श्रेष्ठले बताउनुभयो । दशै–तिहारको समयमा यात्रुहरुको चाप बढी हुन्छ,’ श्रेष्ठले भन्नुभयो  –‘यसलाई मध्यनजर गर्दै यात्रुको चापअनुसार सवारी साधन सञ्चालन गरिने भएको छ ।’
यस अघि जिल्लामा सञ्चालन हुने स्थानीय मार्गमा केहि घण्टाको फरक तथा एक ओटा मार्गमा एउटा यातायात व्यवसायी संस्थाको मात्र सवारी साधन सञ्चालन हुने गरेको थियो । दशै तिहारको अवसरमा भने यात्रुको चाप बढी हुने मार्गमा चाप अनुसार १० देखी १५ मिनेट सम्ममा वसहरु सञ्चालन गर्ने निर्णय सो बैठकले गरेको छ । ‘स्थानीय मार्गहरुमा यात्रुको चापअनुसार कम्तिमा १० देखी १५ मिनेटमा सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ,’ श्रेष्ठले भन्नुभयो । 
दशै तिहारको समयमा विशेषगरि शहरबाट घरआउने तथा दशै सकिएपछि आफ्नो काममा शहर फर्कने यात्रुहरुको  संख्या बढी हुने हुने तथा सदाका वर्षहरुमा यस समयमा सवारी साधन नपाउने तथा एक दिनमा एक – दुईवटा मात्र सवारी साधन सञ्चालन हुने हुँदा यात्रुहरुले भनेको समयमा आवत–जावत गर्न समस्या हुने गरेको थियो । 
सोमबारको वैठकले यातायातमा विद्यार्थीहरुलाई नेपाल सरकारले निर्णय गरेबमोजिम ४५ प्रतिशत छुट दिने, वसको छतमा यात्रुहरु नराख्ने समेत सहमती भएको श्रोतको भनाई छ ।  उक्त छुट सवारी साधन सञ्चालन  हुने सबै क्षेत्रका लागि लागु हुने बैठकको निर्णय छ । 
यसैगरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दशै तिहारमा यातायात सेवालाई व्यवस्थित बनाउन ‘सरप्राइज चेकीङ्’ सुरु गरेको छ । जिल्लामा यातायातको क्षेत्रमा दशै तिहारमा हुने यात्रुको चापलाइ मध्यनजर गर्दै हुन सक्ने दुर्घटनालाई न्युनिकरण गर्नका लागि ‘सरप्राइज चेकीङ्’ सुरुवात गरिएको प्रहरी नायव निरिक्षक सानुराम भट्टराइले बताउनुभयो । यसक्रममा जिल्ला स्तरमा यातायातका क्षेत्रमा सहमति भएका विभिन्न निर्णयको कार्यान्वयन भए नभएको हेरिने भट्टराइको भनाई छ । प्रनाउका अनुसार ‘सरप्राइज चेकीङ्’मा पहिले रहेको चेकीङ पोष्ट भन्दा अन्य ठाउँमा प्रहरीले चेकजाँच गर्ने छ । यसरी चेकजाँच गर्दा यात्रुहरु छतमा राखेको पाइएमा तथा जिल्ला स्तरमा भएका निर्णयभन्दा विपरित काम गरेमा कार्वाहि गरिने उहाँले बताउनुभयो । भट्टराइले पहिले देखीका चेकिङ पोष्टमा चेक गराएपछि केहि किलोमिटर अगाडि बढ्ने वितिकै यात्रुहरु छतमा चढ्ने÷चढाउने गरेकोले यसलाई नियान्त्रण गर्न ‘सरप्राइज चेकीङ’ को व्यवस्था गरिएको बताउनुभयो  । 
जिल्लाको सदरमुकास सिन्धुलीमाडीबाट स्थानीय मार्ग अन्तरगत डकाह, खुर्कोट, कपिलाकोट, वर्दिवास र वाह्य मार्ग अन्तरगत पोखरा, काठमाडौँ, विरगञ्ज, जनकपूर लगायतका स्थानमा सवारी साधन सञ्चालन हुदै आएका छन् । 

Related

स्थानिय 3877930774365798990

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item