विपी राजमार्गले कृषकको जिवनस्तर उक्सदै

http://sindhulidarpan.blogspot.com/2012/10/bp-highway.html
सिन्धुली,कार्तिक २ ।
सिन्धुली वनेपा जोड्ने वीपी राजमार्ग निर्माण भएपछि सिन्धुलीका विपन्न कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । निर्माणाधिन राजमार्ग आसपासका कृषकहरुद्वारा उत्पादित कृषि तथा फलफुलले सजिलै बजारको पँहुच पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको हो । जिल्लाका भद्रकाली, जलकन्या, रतनचुरा, भिमेश्वर, ,भुवनेश्वरी, तिनकन्या, शीतलपाटी, पुरानो झाँगाझोली रातमाटा, दुम्जा लगायत एक दर्जन गाविसका विपन्न कृषकहरु राजमार्ग निर्माण भएकामा निकै हर्षित छन् । उत्पादित तरकारी तथा फलफुलले सजिलै बजार पाएपछि आयआर्जन तर्फ थप आकर्षित भएका उनिहरुमा थप आशा पलाएको छ ।
सडक निर्माणले गर्दा सिन्धुली काठमाण्डौं यातायातका सावारी साधनहरु सञ्चालनमा आएपछि दुर्गम गाविसका विपन्न कृषकहरुद्वारा उत्पादीत बस्तु विक्रीका लागि सजिलै बजारसम्म लैजान सकेको कृषकहरु बताउँछन् । राजमार्ग बन्नुअघि आयआर्जनको कुनै पनि स्रोत नभएका राजमार्ग आसपासका विपन्न कृषकहरु यतिखेर व्यवसायिक रुपमा गाई भैसी पालन गरि दुध, दहि, तथा घ्यु, मौषमी तथा बेमौसमी तरकारी खेती, फलफुल तथा बाँस निगालोका हाते सामाग्रीहरु उत्पादनमा सक्रिय भएका छन् ।
कुल १५८ किलोमिटर लामो वीपी राजमार्गमा अहिले पुर्वी तराईका जिल्लादेखि सिन्धुली हुदै रामेछापको मन्थली तथा राजधानीसम्म जाने आउने सवारी साधनहरु दैनिक सञ्चालन भईरहेका छन् । त्यसो त चाडवाडका समयमा सिन्धुली आउने र काठमाण्डौ जानेहरु पनि यहि मार्ग प्रयोग गर्छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !