नेपाल टेलिकमको टावरमा खराबी भएपछि सीडीएम प्रयोगकर्ता मर्कामा

http://sindhulidarpan.blogspot.com/2012/10/cdma.html
डोटी,कात्तिक १० ।
डोटीको लान केदारेश्वरको लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा अहिले सीडीएम फोन सेवा अवरुद्ध भएको छ । घाङल, मान्नाकापडी, लानकेदारेश्वर, सिमचौर, कानाचौर, बर्छेनलगायतका क्षेत्रमा फोन सेवा अवरुद्ध हँुदा प्रयोगकर्ताहरू मर्कामा परेका हुन् । विगत १२ दिन अगाडिदेखि टेलिफोनमा खराबी आएको हो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले भने यसबारेमा आफूलाई जानकारी नभएको जनाएको छ । फोन अवरुद्ध हँुदा गाविसका स्थानियबासिन्दाले टावर छिटो सुचारु गर्नका लागि पहल गरी दिन सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !