मुसलमानहरु ईद उल फित्र मनाउँदै

http://sindhulidarpan.blogspot.com/2012/10/id-wol-fitra.html
काठमाण्डौ,कात्तिक १० ।
नेपालसहित विश्वभरका मुस्लिमहरु इदउल अजहा मनाउने तयारीमा छन् । इस्लामी हिजरी संवतको जिलहिज्जा महिनाको ११ देखि १३ तारिख अर्थात् भोलिदेखि तीन दिनसम्म मनाईने इदमा तिर्थाटनको पनि विशेष महत्व छ । अहिले साउदी अरेबियाको मक्कामा हज गर्ने तीर्थयात्रीको ठुलो भीड लागेको छ । हिन्दूहरुले जस्तै मुसलमानहरुले पनि मस्जिदमा नमाजलगायतमा धर्मग्रन्थ पाठ तथा प्रार्थना गर्दै बलि दिने प्रचलन छ । नेपालमा मुसलमानहरुले पनि खसी बोका भेडा वा बाख्राको बलि दिन्छन् । अरबी मुलुकहरुमा भने दुम्बा अथवा उँटको बली दिने चलन छ । भोलि इदको मुख्य दिन शनिबार परेकाले सरकारले पर्सि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !