दसैंको टीका लगाउने क्रम जारी, सर्वसाधारणको चहलपहल बढ्दै

http://sindhulidarpan.blogspot.com/2012/10/dashain_26.html
सिन्धुली,कात्तिक १० ।
दसैँको टिकाको तेस्रो दिन आज पनि देशभरिका हिन्दूहरुले आफन्तलाई टिका लगाएर आशिक दिँदै मनाउँदै छन् । दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टिका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दसैँको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि सुरु भएको छ ।
दसैँको पूmलपाती अघिसम्म काठमाण्डुलगायतका सहरबाट गाउँघरतिर जानेहरुको सट्टा अहिले सहरबजार आउने मोटर गाडीहरुमा मानिसको चाप बढ्न थालेको छ । तर हरेक वर्ष द्वादशी अर्थात् आजसम्म मात्रै दसैँको सरकारी बिदा हुने भएपनि यसपाली सरकारी कार्यालयहरु मङ्गलदेखि मात्रै खुल्ने छन् । दशैंको द्वादशी आज शुक्रबार परेको र आईतबार मुसलमानहरुको चाड ईदको सरकारी बिदा र सोमबार १३ गते कोजाग्रत परेकाले १४ गतेदेखि मात्रै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !