पोर्तुगलबाट पहिलो पत्रिकाको रुपमा 'नेपाली वेभ'को शुभारम्भ




रामहरि लामिछाने 
लिस्बोन  । बडा दशैं २०६९ तथा  तिहारको शुभ अवसर पारेर पोर्तुगलबाट नेपाली भाषामा पहिलो छापा पत्रिका 'नेपाली वेभ पाक्षिक ' को प्रकाशन शुभारम्भ भएको  छ  । पोर्तुगलको राजधानी लिस्बोनमा बिहिबार एक बिशेष  बिमोचन समारोहका साथ पत्रिकाको औपचारिक प्रकाशन  सुरुवात भएको हो ।

पोर्तुगलका लागि अबैतानिक बाणिज्य दूतमा नियुक्ति हुनु भएका मकर  बहादुर हमाल र नेपाल पोर्तुगल कला साहित्य तथा संचार परिसदका अध्यक्ष कुमार श्रेष्ठद्वारा सयुंक्त रुपमा पत्रिकाको आवरण  पृष्ठ प्रदर्शन गर्दै बिमोचन गर्नु भयो   ।

कार्यक्रमका अतिथि एबम नेपाल पोर्तुगल डट कमका बिनोद घिमिरेले पत्रिकाको सफलताको शुभकामना ब्यक्त गर्दै पत्रिकाले बिना  पूर्वाग्रह सम्पूर्ण सामग्री समेटी अगाडी बढ्नु पर्ने बताउनु भयो । यस्तै अर्का अतिथि बक्ता जान प्रगति शिल मंच पोर्तुगलका राम मणि रिजालले छापा पत्रिकाको सुरुवात निकै नै राम्रो काम भएको भन्दै छापा  पत्रिकामा बिशेष गरि भाषागत त्रुटीमा ध्यान दिनु पर्नेमा  सुझाब दिनु भयो । साथै उहाले पत्रकार को दायित्व के हो र के कस्ता व्यक्तिहरु पत्रकार  हुन सक्छन ? लेखक  पत्रकार हुन कि होइन?  भन्ने जस्ता कुराहरुमा बिशेष ध्यान दिन सक्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महा संघ युरोप शाखाका पार्षद भिम कमल केसीले पोर्तुगलमा पहिला देखि नै नेपाली भाषाको छापा पत्रिका आबश्यकता भएको बताउदै अनलाईन पत्रिकाहरुमा भन्दा  छापा पत्रिकाको बिश्वास बढी हुने र जति शुकै बेला पनि लेखेका प्रमाण सुरक्षित हुने बताउनु भयो उहाले पत्रिका ले पत्रकारिताको धर्मलाई आत्मसात गर्दै पीत पत्रकारिता र गीत पत्रकारिताबाट टाढा रहन सुझाब दिनु भयो ।

त्यसै गरि कार्यक्रमका  अतिथि  एबम नेपाली जन सम्पर्क समिती पोर्तुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले  पोर्तुगलमा नेपाली भाषाको छापा पत्रिका सुरुवात हुनु सरहनिय कार्य भएको भन्दै पत्रिकाले सत्य तथ्य कुराहरु लाई आत्मसात गर्दै निरन्तर रुपमा प्रकाशित हुन सकोस भन्ने शुभकामना दिनु भयो ।  उहाले पत्रकारको हात बाधेर समाचार लेखिनु राम्रो कुरा नभएको भन्दै स्वतन्त्र भएर लेख्न पाउनु पर्ने गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि एबम नेपाली लोकतान्त्रिक मंच पोर्तुगलका अध्यक्ष सुवास चन्द्र अधिकारीले पत्रिकाले सम्पूर्ण घटना  क्रमहरु  समेट्दै पोर्तुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई   समेटेर जानु पर्नेमा जोड दिनुभयो । उहाले  पत्रिकामा प्रकाशित बिषय बस्तुलाई लक्षित गदै च्यातिनु तथा जलाउनु कार्य निन्दनीय हुने बताउनुभयो।

त्यसै गरि कार्यक्रमका बिशेष अतिथि एबम गैह आबासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रमेश गुरुङले पोर्तुगलमा छापा पत्रिकाको सुरुवात हुनु गर्बको कुरा भएको भन्दै पत्रिकालाई आफ्नो तर्फबाट निरन्तर सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।   उहाले पोर्तुगलमा रहेका नेपाली समुदायका घटना क्रमहरुलाई समेट्दै जानेमा बिश्वास ब्यक्त गर्दै पत्रिकाको निरन्तर प्रकाशित हुन् सकोस भनि शुभ कामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमका बिशेष अतिथि एबम आइ सी सी सदस्य पूर्ण हमालले पोर्तुगल मा पहिले देखि नै नेपाली भाषाको छापा पत्रिका आबश्यकता औल्याउदै ढिलाई बाहे पनि छापा पत्रिकाको प्रकाशन शुरु हुनु निकै गर्वको कुरा भएको बताउनु भयो उहाले पत्रिकाले  सत्य तथ्य घटना क्रम हरु लाई प्रस्तुत गर्न सकोस भन्दै निरन्तरताको  शुभ कामना समेत व्यक्त गर्नु भयो। 

कार्यक्रमका प्रमुख अतिथि एबम पोर्तुगलका लागि अबैतानिक बाणिज्य  दुतमा नियुक्त हुनु भएका मकर बहादुर हमाल पत्रिकाले कुनै व्यक्ति बिशेष लाई प्राथमिकता नदिई नेपालीहरुको साझा बिषय बस्तु र समस्याहरुलाई समेट्नु पर्नेमा जोड दिनु भयो । उहाले पत्रिकाले जोस जाँगरका साथ निरन्तरता दिनु पर्ने सुझाब दिदै पत्रिकाको लागि आफ्नो  तर्फबाट सक्दो योगदान दिने बचन दिनुभयो ।

कार्यक्रममा अतिथिहरु नरेन्द्र हमाल , झलक केसी लगायत बिभिन्न संघ  संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थित थियो ।

कार्यक्रमका सभापति एबम संरक्षक कुमार श्रेष्ठले पत्रिकाले कुनै पनि व्यक्ति वा संस्थाको गुणगान नगाइकन निस्पक्ष रूपमा अगाडी बढ्ने स्पस्ट पार्नु भयो । उहाले पत्रिकाले निरन्तरता पाउने बिश्वाश व्यक्त गर्दै पत्रिकाको टिमलाई शुभकामना दिनु भयो । साथै उहाले पत्रिकालाई यूरोपका अन्य देशहरुमा समेत विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो  । कार्यक्रममा उपस्थित भई पत्रिका प्रकाशनमा हौशला दिनु हुने सम्पूर्ण व्यक्ति संघ संस्थाहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

नेपाली वेभ पाक्षिकका प्रधान सम्पादक कमल बिष्टले पत्रिका प्रकाशन को उदेश्य माथि प्रकाश पर्दै पत्रकारिताको धर्म लाई आत्म साथ गर्दै कुनै पनि व्यक्ति बिशेषको प्रलोभनमा नपर्ने स्पस्ट पार्नु भयो । उहाले पोर्तुगलबाट नेपाली भाषा मा पत्रिका प्रकाशन गर्नु निकै कठिन र चुनौती पूर्ण कार्य भएको भन्दै सम्पूर्ण पोर्तुगल बसी नेपालीहरुबाट साथ , सहयोग , सल्लाह र  सुझाब पाउनेमा बिश्वाश व्यक्त गर्नु भयो । यसै गरि पत्रिकाका सम्पादक रामहरि लामिछानेले कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत व्यक्त गर्दै लामो समयको मेहनत र गृहयकार्य पछी पत्रिका प्रकाशनमा ल्याउन सकिएको जानकारी गराउनु भयो । उहाले पत्रिकाले पोर्तुगलमा रहेका नेपाली समुदायका बिषयबस्तु माथि गहिराई सम्म पुगेर पाठकहरु माझ पस्कने जानकारी गराउनु भयो साथै पत्रिकामा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै लैजानेमा पनि जोड दिनु भयो ।

पत्रिकाको सह सम्पादक बिनोद खड्का ,प्रमुख सम्बाददाता शिव कुँवर , राकेश खडक , विकास नेपाल रहनु भएको  छ । नेपाल डेस्क प्रमुख नवराज न्यौपाने रहनु भएको पत्रिकामा बेलायत , स्पेन , जर्मन ,स्विटजरल्याण्ड लगायतका देशहरुमा प्रतिनिधि हरु रहनु भएको  छ त्यस्तै बजार ब्यबस्थापनमा प्रमोद कुमार श्रेष्ठ र राजन सापकोटा हुनुहुन्छ । सह- सम्पादक बिनोद खड्काले संचालन गर्नु भहेको कार्यक्रम लिस्बोनको अन्नपुर्ण रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।

Related

विविध 7592263277766225834

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item