धनुषामा खानेपानीको समस्या



जनकपुर,कात्तिक १० । 

धनुषाको उत्तरी क्षेत्र बटेश्वर, भुचक्रपुर,ढल्केवर, लक्ष्मीनिवासलगायत गाविसका बासिन्दाहरु धमिलो पानी खान बाध्य भएका छन् । एकमात्रै पानीको स्रोतका रुपमा रहेको इनार सुक्न थालेपछि उनीहरु धमिलो पानी खान बाध्य भएका हुन् । विगतका वर्षहरुमा बैशाख, जेठमा इनारहरु सुक्ने गरे पनि यो साल कात्तिक नबित्दै पानीको स्रोत सुक्न थालेपछि सर्वसाधारणहरु चिन्तामा परेका छन् । 

यो साल वर्षा कम भएकोले पानी छिट्टै सुक्न थालेको स्थानियबासिन्दाको भनाइ छ । पानीको स्रोत नै सुक्न थालेपछि उनीहरू घण्टौ लगाएर अरू गाविसबाट पानी ल्याउन बाध्य छन । प्रत्येक वर्ष यस्तै समस्या आएपनि सम्बन्धित निकायले कुनै ठोस पहल गर्न नसकेको बटेश्वर निवासी दुखी महतोले बताउनुभयो । यस क्षेत्रका मानिसहरु बाल्टिनमा डोरी बाँधी लगभग ५० फिट तलबाट पानी तानेर गुजारा गर्दै आएका छन् ।

Related

राष्ट्रिय 6921849675707019517

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item