चितुवा देखेर स्थानीयबासिन्दा त्रसित

http://sindhulidarpan.blogspot.com/2012/10/chitta.html
दार्चुला,असोज २५ ।
दार्चुला सदरमुकम खलंगा ५ बंगाबगड क्षेत्रमा चितुवा देखा परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । हिजो साँझ चितुवा देखेपछि स्थानीयबासिन्दा त्रसित बनेका हुन् । चितुवालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चितुवा देखेपछि त्यसक्षेत्रमा रहेका पसलहरु बन्द गरिएको प्रत्यक्षदर्शी रमेश राज भट्टले जानकारी दिनुभयो । चितुवा स्थानिय जंगलबाट आएको हुनसक्ने स्थानीयको भनाइ रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !