नेपालमै पहिलो पटक आजदेखि जंगल फेस्टिबल

http://sindhulidarpan.blogspot.com/2012/10/forest-festival.html
पोखरा,असोज २५ ।
हरियो वन नेपालको धन भन्ने नारा सहित पोखरामा आजदेखि जंगल फेस्टिबल हुने भएको छ । क्रिस इभेण्ट्स म्यानेजमेण्टको आयोजनामा आजदेखि तीन दिनसम्म पोखराको शान्ति वनवाटिका क्षेत्र भित्र हुने फेस्टिबलको सबै तयारी पूरा भएको संस्थाका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभएको छ । नेपालमै पहिलो पटक जंगलभित्रै जंगलको अनुभव गराउन नयाँ अवधारणासहित आएको यो फेस्टिबलको चर्चा यतिबेला सहरमा निकै चलेको छ ।
जंगल फेस्टिबलकै कारण शान्ति वनक्षेत्र सिंगारिएको छ । चितवनबाट हिजो माउतेसहित हात्ती पोखरा ल्याइएको छ । फेस्टिबलमा जंगलभित्रै राष्ट्रिय तथा स्थानिय कलाकारको लाइभ कन्र्सट, मोडलहरुको फेसन शो, फुड फेस्टिबल, एड्भेन्चर मुभी, जंगल मेकअप, फायर डान्स, हात्ती तथा घोडा सयरको मज्जा पनि लिन पाइनेछ । झण्डै ४० हजार स्वदेशी तथा विदेशी पर्यटकले फेस्टिबलको अवलोकन गर्ने आयोजकको अनुमान छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !