सचिवहरु सदरमुकाम मलंगवा केन्द्रित भएका कारण सेवाग्राही मर्कामा




सर्लाही,असोज २५ । 

गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएर अडडा जमाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । सर्लाही जिल्लाका अधिकाशं गाविसका सचिवहरु सदरमुकाम मलंगवामा नै डेरा भाडा खोजेर कार्यलय सन्चालन गर्दा दुर गाउँबाट काम गराउँन आएका सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । सर्लाहीमा ९६ ओटा गाविसहरु रहेका छन् । जसमध्ये अधिकाशं गाविसको सचिवहरु कार्यालय सन्चालन देखि बस्ने कोठा समेत गाविसकै रकमबाट तिर्ने गरेका छन् ।

 साथै आवतजावत बाटो खर्च लिदाँ सदरमुकाम मलंगवा मै बसेर आफुले खटेका गाविस देखि सदरमुकाम मलंगवासम्मको भता लिने गरेका छन् । गाविस सचिवलाई खोज्न पनि कतिपय गाउँबासिलाई दिनभरीको समय नै त्यसै बित्छ । त्यस्तै सचिवहरुको महिनै पिच्छे मोबाईलको सिमकार्ड परिवर्तन गर्ने गरेकाले पनि सेवाग्राहीहरु समयमै सचिवबाट सेवा लिन वन्चित रहने गरेका छन् ।

Related

विविध 3087254566647523485

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item