पाईपबाट दुध ढुवानी गर्दै काभ्रेको दुग्ध सहकारी



प्रकाश सुन्दास, काभ्रे,असोज २५ । 

सदरमुकामबाट नजिक रहेपनि यातायातको सुविधा नभएपछि काभ्रेपलाञ्चोक जिल्लाको जैशिथोक गाविसको माथिल्लो भेगमा रहेको एक सहकारीले पाईपमार्फत दुध ढुवानी गर्न थालेको छ । गाविसको वडा नम्बर–४ मा रहेको झगरेडाँडा दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुबाट संकलित दुध पाइपको माध्यमबाट ढुवानी गर्न थालेको हो ।

फाईल तस्विर 
 ३ किलोमिटरको बाटोमा बोकाएर दुग्ध चिस्यान केन्द्र लैजानु पर्दा निकै महँगो पर्न गएको भन्दै सहकारीले नयाँ उपाय अपनाएको हो । सहकारीले गाउँबाट वेसि सम्म करिब ३ किलो मिटर पाइप भुईमा बिछ्याएर दैनिक तीन सय लिटर दुध पाँचखालमा रहेको दुग्ध चिस्यान केन्द्रमा पठाउने गरेको छ ।

 पाइपबाट दुध ढुवानी गर्न थाले पछि संस्थामा मासिक १५ हजार बचत हुने सहकारी सञ्चालक समितिका सदस्य रमेश खनालले जानकारी दिनुभयो । सहकारीमा ७० जना किसानहरु आबद्ध रहेका छन् । काभे्रमा दुध संकलन गर्ने २ सय ७२ ओटा सहकारी संस्थाहरु रहेका छन् ।  

Related

प्रमूखखबरहरु 6788174870519884507

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item