वाईसियलद्वारा दुई केन्द्रीय सदस्य अपहरित

http://sindhulidarpan.blogspot.com/2012/10/news_3143.html
काठमाडौं,असोज २५ ।
नेपाल विद्यार्थी संघले सत्तारुढ एकीकृत माओवादीको सहायक संगठन वाईसियलका कार्यकर्ताले केन्द्रीय सदस्य विवश वाईवा र तरुण दलका केन्द्रीय सदस्य आकाश श्रेष्ठलाई अपहरण गरेको आरोप लगाएको छ । नेविसंघले आज विज्ञप्ति जारी गरेर बुधबार सिन्धुली जिल्लाबाट नेविसंघ केन्द्रीय सदस्य वाईवा र नेपाल तरुण दलका केन्द्रीय सदस्य श्रेष्ठलाई वाईसियलका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।
‘वाईवा र श्रेष्ठलाई वाईसियलले सुनियोजित रुपमा अपहरण गरेको घटनाप्रति नेपाल विद्यार्थी संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘एमाओवादीको जंगली प्रवृति र गुण्डागर्र्दी शैलीको घोर विरोध गर्दछ,’ नेविसंघले चेतावनी दिएको छ, ‘यदि हाम्रा नेताहरुलाई सकुशल विना शर्त रिहाई नगरे एमाओवालीको आतंकका विरुद्व कडा रुपमा प्रस्तुत हुने छौं ।’ नेविसंघले वाईसियलद्वारा अपहरित केन्द्रीय सदस्यद्वय वाईवा र श्रेष्ठलाई सकुशल रिहाई गर्न माग गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !