एमाओवादी-काँग्रेस झडप, सिन्धुली सदरमुकाम तनावग्रस्त



सिन्धुली, असोज २५ ।

एकीकृत माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताबीचको झडपका कारण सिन्धुली सदरमुकाम तनावग्रस्त बनेको छ । बिहीबार बिहान सिन्धुलीको कल्पवृक्ष गाविसको मथौलीमा एकीकृत माओवादीका कार्यकर्ताले तरुणदलका केन्द्रीय सदस्य नवराज श्रेष्ठ आकाशलाई आक्रमण गरेको विरोधमा उत्रिएका काँग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

 माओवादीका कार्यकर्ताले तरुण दलका कार्यकर्तालाई आक्रमण गरेको विरोधमा उत्रिएका काँग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताबीच झडप भएपछि तनाव भएको हो । झडपमा गम्भीर घाईते भएका नेविसंघका कार्यकर्ता पवन मगरको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने अरु १०/ ११ जना सामान्य घाईते छन् । नेविसंघका शेखर मिश्र र रमेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपका कारण बजार र यातायात ठप्प छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको छ । 

Related

स्थानिय 8156696034993875038

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item