नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन




काठमाडौं,  असोज २५ ।

 सिन्धुलीमा आफ्ना दुई नेता अपहरित भएको विरोधमा नेपाल विद्यार्थी संघले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता कार्यकर्ताले एमाओवादीको सहायक संगठन वाईसियलद्वारा अपहरित दुई नेताको शकुसल रिहाई माग गरेर प्रदर्शन गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

पुतलीसडकस्थित शंकरदेब क्याम्पस अगाडि नेविसंघका कार्यकर्ताले मुल सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण पुतलीसडकको सवारी आवागमन प्रभावित भएको थियो । दुई जना नेता रिहाई नभए थप सडक संघर्ष गर्ने नेविसंघको चेतावनी छ ।

Related

राष्ट्रिय 511762085813889665

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item