नेपाली युवाबाट विश्वकिर्तिमान कायम


काठमाण्डौ,असोज २५ । 

चारजना नेपाली युवाहरुले लामो समयसम्म लगातार सामूहिक मोटरसाईकल कुदाएर कायम गरेको विश्व किर्तिमान एभरेष्ट वल्र्ड रेकर्डमा अङ्कित गरिएको छ । आज क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एभरेष्ट वल्र्ड रेकर्डका संस्थापक सदस्य मथुरा श्रेष्ठले कीर्तिमानधारी युवाहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । 

लगातार २७ घण्टा ५७ मिनेट मोटरसाईकल कुदाएर प्यूठानका दिनेश आचार्य, धादिङका गोकर्ण लामिछाने, ललितपुरका रोशन घिमिरे र काठमाडौका प्रमय शर्माले विश्वकिर्तिमान कायम गर्नुभएको हो । चार युवाहरूले असोज १७ गते बिहान ७ बजेर २५ मिनेटमा काठमाडौको सहिद गेटबाट आफ्नो कीर्तिमानी यात्रा सुरु गरेर लुम्बिनीमा भोलिपल्ट बिहान ११ बजेर २२ मिनेटमा टुङग्याएका थिए । उनीहरुको किर्तिमानलाई एभरेष्ट वल्र्ड रेकर्डले अनुगमन गरेको थियो । यसअघि नेपाली सेनाका सिगल शमशेरले २५ घण्टा कुदाएर किर्तिमान कायम गर्नुभएको थियो । 

Related

राष्ट्रिय 6827321419921653205

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item